• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाल ‘ए’ का ६ जना समेट्दै टी-२० सिरिजका लागि टिम घोषणा, देव,भीम,सूर्य र पवन बाहिरिँदा अभिनाश टोलीमा फर्किए


  • धनकुटा खबर
  • .

काठमाडौं,१४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी– २० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले घोषणा गरेको छ ।

रोहित कुमार पौडेलको कप्तानीमा आइतवार १८ सदस्यीय टोली घोषणा गरिएको हो । आइतबार घोषित टिममा विश्वकप लिग–२ खेलेको टोलीबाट ४ खेलाडी थप्दै टोली घोषणा गरिएको हो ।

नेपाल ‘ए’का कप्तान विनोद भण्डारीसहित सन्दीप जोरा, विवेक यादव, प्रतिश जीसी, रासिद खान र सागर ढकाल गरी ६ खेलाडी टोलीमा समावेश भएका छन् ।

नेपाल ‘ए’ले हालै क्यानडासँग सिरिज खेलेको थियो । ३ मध्ये १ खेल जितेको थियो ।
यस्तै पीएम कपमा चोट बोकेका अभिनाश बोहोरा टोलीमा फर्केका छन् ।

तर लिग– २ खेलेको टोलीमा रहेका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ भने बाहिरिएका छन् ।

नेदरल्यान्ड्स र नामिबियासम्मिलित टी–२० सिरिज मंगलवारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुरू हुँदै छ ।

नेपालले टी–२० सिरिजको पहिलो खेल मंगलवार नै नामिबियासँग खेल्नेछ ।

नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, आरिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी, सन्दीप जोरा, प्रतिश जीसी, विनोद भण्डारी, विवेक यादव, रसिद खान, सागर ढकाल र अभिनाश बोहरा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖