• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

चौथो खेल जितेसँगै भारतले गर्‍यो इंग्ल्यान्डविरूद्धको सिरिज कब्जा


  • धनकुटा खबर
  • .

घरेलु टिम भारतले राँचीमा भएको इंग्ल्यान्डविरूद्धको चौथो टेस्टमा ५ विकेटको जित निकालेको छ। यससँगै ३-१ ले अग्रता लिएको भारतले एक खेलअघि नै पाँच टेस्टको सिरिज कब्जा गरेको छ।

यसअघि पहिलो टेस्टमा इंग्ल्यान्ड विजयी हुँदा दोस्रो र तेस्रो टेस्ट भारतले जितेको थियो।

सोमबार चौथो टेस्टको चौथो दिन भारतले १९२ रनको लक्ष्य पाँच विकेटको क्षतिमा पूरा गर्दै जित निकाल्यो।

भारतका लागि शुभमन गिलले नटआउट ५२ रन र ध्रुव जुरेलले नटआउट ३९ रन जोडे। त्यसअघि कप्तान तथा ओपनर रोहित शर्माले ५५ रन र यसश्वी जैसवालले ३७ रन जोडेका थिए।

तर रजत पटिदार र सर्फराज खान दुवै शून्यमा आउट हुँदा रविन्द्र जडेजा ४ रनमै पेभिलियन फर्के।

दोस्रो इनिङ्ग्समा इंग्ल्यान्ड १४५ रनमा अलआउट हुँदा भारतले १९२ रनको झिनो लक्ष्य पाएको थियो।

पहिलो इनिङ्ग्समा इंग्ल्यान्डले जोए रूटको १२२ रनको मद्दतमा ३५३ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको भारत ३०७ रनमा अलआउट भएको थियो। भारतक लागि जैसवालले ७३ रन र ध्रुव जुरेलले ९० रन जोडेका थिए।

अब पाँचौ तथा अन्तिम टेस्ट ७ मार्चदेखि धर्मशालामा हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖