• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

टोलीमा नपरेपछि वाग्नरले लिए सन्न्यास


  • धनकुटा खबर
  • .

न्युजिल्यान्डका प्रभावशाली बलर निल वाग्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । न्युजिल्यान्डका चयनकर्ताले बिहीबारदेखि सुरु हुने अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा वाग्नरलाई समावेश नगर्ने बताएपछि उनले तत्कालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।

३८औँ वर्ष प्रवेशको तयारीमा रहेका बायाँहाते बलर वाग्नरले न्युजिल्यान्डका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेलेका छैनन् । वाग्नरले देशका लागि हालसम्म ६४ वटा टेस्ट खेलेका छन् ।

टेस्ट क्रिकेटको एक सय २२ पालीमा उनले २७.५७ को औसतले दुई सय ६० विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ३९ रन दिएर सात विकेट हो । टेस्ट क्रिकेटको ८४ पालीमा उनले कुल आठ सय ७५ रन पनि बनाएका छन् ।

उनले सन् २०१२ को जुनमा वेस्ट इन्डिजविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले अन्तिम टेस्ट भने सन् २०२४ को फेब्रुअरीमा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए । ‘अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने समय आएजस्तो लाग्यो । मैले आफ्नो मनको कुरा सुनेर यस्तो निर्णय लिएको हुँ,’ उनले भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖