• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

करण केसीले लिए नामिबियाको पहिलो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियाको पहिलो विकेट लिएको छ । नामिबियाको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका हुन् ।

उनले नामिबियाका ओपनर ब्याट्सम्यान माइकल भान लिनगेनलाई २० रनको व्यक्तिगत स्कोरमा आउट गरेका थिए । करणले उनलाई गुलसन झाद्वारा क्याच गराएका हुन् ।

छैटौँ ओभरको अन्तिम बलमा माइकल आउट हुँदा नामिबियाले ३६ रन बनाएको छ । नामिबियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖