• Monday 5th of October 2026

धरानमा युवासंघको अधिवेशन चलिरहँदा पहिचानवादीले प्रदर्शन गरेपछि..


  • धनकुटा खबर
  • .

नेकपा एमालेको भ्रातृ संगठन युवा संघको कोशी प्रदेश अधिवेशन चलिरहँदा धरानमा पहिचानवादीहरूले प्रदर्शन गरेका छन्।

युवा संघको अधिवेशन लाङ्घाली सामुदायिक वनमा भइरहेको छ। अधिवेशनलाई सम्वोधन गर्न एमाले उपाध्यक्ष सुवास नेम्वाङ आज धरान पुगेका थिए।

लाङ्घालीमा युवासंघको अधिवेशन चल्दै गर्दा तीनकुने चोकमा पहिचानवादीहरूले एमालेविरोधी नाराबाजी गरेका छन्।

उनीहरूले एमाले नै पहिचानविरोध भएको आरोप लगाएका छन्। युवासंघको अधिवेशनका लागि बनाइएको ब्यानर र स्वागतद्वारमा राखिएको ब्यानरमा कोशी प्रदेश राखिएकोमा पनि उनीहरूले विरोध जनाउँदै नाराबाजी गरेका छन्।

युवासंघ र पहिचानवादीबीच झडपको अवस्था आउन नदिन दिउँसो बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुनसरीका एसपी रोमन अर्यालले अहिले अवस्था सामान्य रहेको बताए।-सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖