• Wednesday 7th of October 2026

रूसी सेनामा कार्यरत २० भारतीयलाई फर्काउँदै नयाँ दिल्ली


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । रुसी सेनामा सपोर्ट स्टाफका रुपमा कार्यरत करिब २० भारतीय नागरिकलाई जतिसक्दो चाँडो राहत दिने हरसम्भव प्रयास भइरहेको भारतले जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले साप्ताहिक पत्रकार सम्मेलनमा भने, ‘रुसी सेनामा सहायक वा सहयोगी कर्मचारीको रूपमा काम गर्न गएका २० जना भारतीयहरू छन् भन्ने हामीलाई विश्वास छ। हामी उनीहरूलाई बाहिर निकाल्न हरसम्भव प्रयास गरिरहेका छौं।’ उनका अनुसार रूसी सेनामा भर्ना भएका भारतीयलाई राहत र मद्दत गर्न खोजिरहेको छ ।

रूसी सेनामा कार्यरत ती भारतीयहरूले मस्कोस्थित भारतीय दूतावासलाई सम्पर्क गरेको उनले बताए। उनीहरु विभिन्न स्थानमा छन् र भारतीय दूतावास उनीहरुको सम्पर्कमा छ । जैसवालले भने, ‘यी भारतीयहरूलाई आफ्नो देश फर्काउन सुनिश्चित गर्न दिल्ली र मस्को दुवैमा रूसी अधिकारीहरूसँग सम्पर्कमा छ।’

‘हामीले मानिसहरूलाई युद्ध क्षेत्रहरूमा नजान वा अप्ठ्यारो हुन सक्ने परिस्थितिमा नपर्न आग्रह गरेका थियौं। हामी हाम्रा सबै जनताको हितका लागि प्रतिबद्ध छौं,’ उनले भने।

यसअघि भारतीय विदेश मन्त्रालयले सोमबार भारतको मागमा रुसी सेनाले सहायकको रुपमा काम गरिरहेका धेरै भारतीयलाई रिहा गरेको बताएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖