• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दिपेन्द्रले बनाए राष्ट्रिय कीर्तिमान, टी–२० मा सार्वाधिक २४ ‘क्याच’


  • धनकुटा खबर
  • .

काठमाडौं । दिपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । कीर्तिपुरमा जारी ट्राइनेसन टी–२० सृङख्ला अन्तर्गत नेदरल्याण्ड्विरुद्धको खेलका क्रममा दिपेन्द्रले राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

आजको खेलमा एउटा क्याच गरेसँगै नेपालको टिमबाट सबैभन्दा धेरै २४ क्याच ऐरीको नाममा रह्यो । उनलाई पछ्याइरहेका कुशल भुर्तेलले २३ क्याच गरेका छन् । यस्तै, ज्ञानेन्द्र मल्लले समेत नेपालका लागि भुर्तेलको जस्तै समान २३ क्याच लिएका छन् ।
मल्लपछि सोमपाल कामिले २२ क्याच लिँदा कप्तान रोहित पौडेलले २० र सन्दीप लामिछानेले १९ क्याच लिएका छन् ।

ऐरीले नेपालका लागि ५६ अन्तर्राष्ट्रिय टी–२० ‘म्याच’ खेल्दै सार्वाधिक २४ ‘क्याच’ लिएका हुन् । यसक्रममा ऐरीले नेपालका लागि ब्याटिङतर्फ १४७१ रन बनाएका छन् भने बलिङतर्फ २७ विकेट लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖