• Monday 5th of October 2026

नेपाली मिलेर बसेकोमा भतभती मन पोल्नेहरू छन् : केपी ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानिस मुस्कुराएको जस्तो सुन्दर दृश्य अरू नहुने बताउनुभएको छ ।

शनिबार अखिल नेपाल महिला संघ भक्तपुरले शनिबार आयोजना गरेको तिज विशेष कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली चाडले बच्चाहरूमा विशेष खुसी ल्याउने बताउनुभयो । बच्चाका अनुहारमा आउने मुस्कान जस्तो सुन्दर दृश्य अरू हुन नसक्ने उहाँले बताउनुभयो । सामाजिक व्यवस्थालाई अझ राम्रो बनाउन हरेक चाडपर्वले महत्त्व राख्ने उहाँका भनाइ छ ।

चाडपर्वले नेपाली समाजमा भातृत्व र सद्भाव स्थापित गरेको पनि ओलीले बताउनुभयो । चाडको अर्थ सामाजिक सद्भाव कायम गर्नु भएको ओलीको भनाइ छ । नेपालीहरू रमाएको देखेर मन पोल्नेले चाडपर्वको महत्त्व नबुझी टिप्पणी गर्ने गरेका उहाँले बताउनुभयो । नेपालका चाडबाड र एकता मन नपराएकाहरूले फेरी पनि मन पोलेर अनेक प्रपञ्च गरिरहेका ओलीको भनाइ छ ।

मिलेर बसेको नेपाली समाजलाई बिथोल्न नसकेर पिरोलिएर बस्नेहरू अहिले पनि रहेका ओलीले बताउनुभयो । ‘सबै जातजाति एकै ठाउँ बसेको मन नपराउनेहरू, झगडा गरेर मारामार गर्नुपर्नेमा एकै ठाउँमा बसेर रमाएको देखेर मन भतभत पोल्नेहरू पनि छन्’, उहाँले भन्नुभयो ।

ओलीले देश बनाउने काम सबै लाग्नु पर्ने बताउनुभयो । नेपाली आफैँ आफ्ना खुट्टामा उभिन सक्ने बन्नु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नेपालीलाई नेपाली पन मन पर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖