• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रिती र सविता नगदसहित सम्मानित


  • धनकुटा खबर
  • .

राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डरद्वय सविता राना मगर र प्रिती राईलाई आशिका फाउन्डेसनले शनिबार नगदसहित सम्मान गरेको छ।

साउदी अरेबियामा गत साता भएको वाफ च्याम्पियनसिपमा उच्च प्रर्दशन गरेकोमा फाउन्डेसनले सविता र प्रितीलाई समान ५० हजार रुपैयाँसहित सम्मान गरेको हो।‌

समूह चरण, सेमिफाइनल र फाइनलमा पहिलो रोजाईमा खेलेकी प्रितीले १ गोल गरेकी थिइन् । जोर्डन विरुद्धको फाइनलमा पहिलो रोजाईमा परेकी सविताले टोलीका लागि पहिलो गोल गरेकी थिइन्।

सोही फाइनल खेल्ने क्रममा घाइते भएकी प्रितीको घुँडाको यसै साता शल्यक्रिया भएको थियो। फाइनलको निर्धारित समयमा २-२ को बराबरी पछि पेनाल्टी सुटआउटमा जोर्डनले नेपाललाई ५-३ ले हराएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖