• Monday 5th of October 2026

पाकिस्तानविरूद्धको ‘रिम्याच’ मा भारतका केएल राहुलले इशान किसनको स्थानमा खेल्ने सम्भावना


  • धनकुटा खबर
  • .

एसिया कप २०२३ अन्तर्गत आज भारत र पाकिस्तानबीच सुपर फोरको खेल हुँदैछ।

कोलम्बोमा दिउँसो सवा तीन बजे सुरु हुने खेलमा भारतका विकेटकिपर ब्याट्सम्यान केएल राहुलले खेल्ने सम्भावना छ।

यसअघिका खेलमा इशान किसनले भारतको विकेटकिपरको भूमीका निर्वाह गरेका थिए।

किसनले भारतका सुरूवाती दुई खेल खेलेका थिए। वर्षाले प्रभावित पाकिस्तानविरूद्धको पहिलो खेलमा उनले ८२ रनको योगदान गरेका थिए।
भारतले दिएको २६७ रनको लक्ष्य पछ्याएर पाकिस्तानले ब्याटिङ गर्न नपाउँदै खेल वर्षाले रद्द भएको थियो।

नेपालविरुद्ध वर्षाले प्रभावित खेलमा उनले ब्याटिङ गरेका थिएनन्। यद्यपी उनले विकेटपछाडि नेपालको एउटा क्याच मिस गरेका थिए।

दुई खेल खेलेका किसनको स्थानमा भर्खरै चोटबाट फर्किएका राहुलले खेल्न लागेका हुन्। उनी भारतको विश्वकपको टिममा परेसँगै एसिया कपको लागि केही दिनअघि श्रीलंकामा पुगेका थिए। चोटबाट फर्किएका राहुलले फिटनेस परीक्षा पास गरेपछि टिममा स्थान दिइएको हो।

विश्वकपअघि भारतले इशान वा राहुल मध्ये एक खेलाडीलाई पहिलो रोजाइको विकेटकिपरको भूमीमा राख्न एसिया कपले भूमीका खेल्ने विश्वास गरिएको छ। यता नेपालविरुद्धको खेल गुमाएका तीव्र गतिका बलर जसप्रित बुमराह पनि पाकिस्तानविरुद्ध उपलब्ध हुनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖