• Monday 19th of October 2026

माओवादी स्थायी समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुने छ ।

बैठकमा पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीको विधान, पार्टीले सञ्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विभिन्न विषयमा छलफल हुने छ ।

साथै, आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक परिस्थिति लगायतका केही समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ । यसअघि माओवादीले फागुन २८ गतेलाई बोलाएको स्थायी समिति बैठक स्थगित गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖