• Monday 19th of October 2026

सुन तस्कारी प्रकरणमा प्रधानमन्त्रीले गृहमन्त्रीलाई भने तपाईं अघि बढ्नुस्…


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्।

जाँचबुझ आयोगको प्रतिवेदन बुझाउन शुक्रबार बालुवाटार पुगेका गृहमन्त्री लामिछानेलाई आयोगले औंल्याएका विषयमा कारबाहीका सन्दर्भमा कसैको दबाब र प्रभावमा नपरी अघि बढ्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन्।

‘सुन तस्करी नियन्त्रण गर्न र तस्करीमा संलग्नलाई कारबाही गर्न तपाईं अघि बढ्नुस्, , तस्करीमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालय परिचालन गर्नुस्, सत्यतथ्य पत्ता लगाएर अदालतमा पेस गर्नुस् भनेर उहाँले निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने।

कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयन थाल्न प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका हुन्।

उनले आफू सरकारको नेतृत्वमा आएदेखि नै सुन तस्करदेखि बालुवाटार जग्गा प्रकरण र भुटानी शरणार्थी प्रकरणसम्मका दोषीहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖