• Monday 19th of October 2026

सवारी दुर्घटना न्युनिकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्छः सांसद किराँती


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सवारी दुर्घटना न्युनिकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद किराँतीले सवारी दुर्घटना न्युनिकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताए । उनले सवारी दुर्घटना न्युनिकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दीर्घकालीन प्रकारको रणनीति बनाउनुपर्ने बताए । उनले क्यालेण्डर नै तयार गरेर दुर्घटना न्युनिकरणका लागि काम गर्नुपर्ने बताए ।

उनले भने, ‘मर्ने मान्छे मरिहाल्छ, जहाँ घाइते भएको छ, एउटा परिवारमा एकजना मान्छे जीवनभरी घाइते हुँदाखेरी त्यसले राष्ट्रलाई कति धेरै क्षति पुग्नसक्छ ? यसमा हामीले ध्यान पुर्‍याउनुपर्छ । र यातायात मन्त्रालयले गम्भिर अध्ययन गरी दीर्घकालीन प्रकारको रणनीति निर्माण गरी दुर्घटना न्युनिकरणको निम्ति क्यालेण्डर तयार गरेर दुर्घटना न्युनिकरणको निम्ति आजैबाट जानुपर्छ भन्नेकुरा म जोडदार माग गर्दछु ।’

उनले हरेक दिन सवारी दुर्घटना हुँदा पनि सरकारले न्युनिकरणका लागि ध्यान पुर्‍याउन नसकेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖