काठमाडौं,२ चैत । आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ ।
शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति जुटेको हो ।
आज भएको वार्ताको सहमतिपत्रमा आन्दोलनरत पक्षको तर्फबाट केन्द्रय अध्यक्ष तथा वार्ता टोली संयोजक पुनाराम (मनिराम) ज्ञवालीले हस्ताक्षर गरेका छन् भने सरकारी वार्ताटोलीको तर्फबाट टोली संयोजक नारायण प्रसाद रिसालले हस्ताक्षर गरेका छन् ।
