• Monday 19th of October 2026

भारतमा रेलले किचेर झापाका शर्माको मृत्यु


  • धनकुटा खबर
  • .

झापा । भारतको सिलगुडीमा रेल दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेको सिलगुडी प्रहरीले जनाएको छ । शर्मा लक्ष्मी नारायण मन्दिरका पुजारी हुन् । उनी गत बुधबार काम विशेषले सिलगुडी गएका थिए ।

घर फर्किनका लागि दिउँसो रेल जक्सन पुगेका थिए। । जंक्सन पुग्दा कटिहार–सिलगुडी इन्टरसिटी एक्सप्रेसको ४ नम्बर प्लेटफार्मबाट हिँडिसकेकाउनी दौडिएर रेल चढ्न खोज्दा खुट्टा चिप्लिएर दुर्घटनामा परेका थिए ।

रेलको चक्कामुनी परेका उनलाई तत्काल भारतीय रेल्वे प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो । उनको उपचारका क्रममा आज विहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शवको कानुनी प्रक्रिया पूरा गरी आजै भद्रपुर ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖