काठमाडौं। एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्धको खेलमा पाकिस्तानले पहिला बलिङ थालेको छ। हालसम्म ५ ओभरको खले सकिँदा भारतले आकर्षक रन ल्याएको छ। भारतका अगाडि पाकिस्तानका बलर कमजोर देखिएका छन्। ५ ओभरमा भारतले ३७ रन बनाएर खेल्दैछ।
एसिया कप अन्तर्गत सुपर फोरको खेल श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर बलिङको निर्णय लिएको हो।
समूह चरण मा टिमबीच बर्षा बाधक भएर दुईबीचको खेल रद्द भएको थियो । खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आँकलन गरिएको छ ।
सुपर फोर अन्तर्गतका खेलमा भारतले आज पहिलो खेल पाकिस्तानसँग खेल्दै छ ।
पाकिस्तानलाई हराउदै भारत सुपर फोरको सानदार सुरुआत गर्न चाहन्छ । उता, पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराइसकेको छ ।
लगातार दोस्रो जित सहित पाकिस्तान फाइनल सम्भावना बलियो बनाउन चाहन्छ ।
सुपर फोरमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत रहेका छन् ।
चार टिमबीच एकआपस खेल भएर शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।
