• Monday 19th of October 2026

पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनविरुद्ध सुप्रिम सहकारी ठगीमा मुद्दा


  • धनकुटा खबर
  • .

काठमाडौं। पूर्वउपराष्ट्र नन्दबहादुर पुनका छोरा एवं माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनविरुद्ध सुप्रिम सहकारी ठगी मुद्दा चल्ने भएको छ।

जिबी भनिने गितेन्द्रबाबु राईले सञ्चालन गरेको रुपन्देहीको सुप्रिम सहकारीले बचतकर्ताको ठगी गरेको जाहेरीमा शुक्रबार काठमाडौंबाट पक्राउ परेका उनविरुद्ध मुद्दा चल्ने भएको हो।

सुप्रिम सहकारीका पूर्वकोषाध्यक्ष रहेका पुनसहितको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो।

१० हजार ३९१ जना बचतकर्ताको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको उजुरी दिएका छन्।

सुप्रिम सहकारीका वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाई पाण्डे यसअघि नै पक्राउ परिसकेका छन्। जिवी भने फरार छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख बिजयराज पण्डितले दिपेश पुनविरुद्ध सहकारीका बचतकर्ता पिडितहरुले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖