• Monday 5th of October 2026

अर्धशतक प्रहार गरे लगत्तै भारतका दुवै ओपनर आउट


  • धनकुटा खबर
  • .

एसिया कप २०२३ अन्तर्गत अहिले पाकिस्तान र भारतबीचको सुपर फोरको खेल भइरहेको छ।

श्रीलंकाको कोलम्बोमा पाकिस्तानले टस जितेर पहिले बलिङ गरिरहेको छ। पहिले ब्याटिङ गर्ने भारतले राम्रो सुरुवात गरेको छ।

भारतका दुवै ओपनरले अर्धशतक प्रहार गरे लगत्तै आउट भएका छन्। १६.४ ओभरमा भारतले पहिलो विकेट गुमाउदा १२१ रन जोड्दा कप्तान रोहित शर्मा ५६ रन बनाएर आउट भए। लगत्तै अर्को ‌ओभरमा शुभमन गिल ५८ रन बनाएर आउट भए। त्यतिबेला भारतले २ विकेटको क्षतिमा १२३ रन जोडेको थियो।

पाकिस्तानका तीव्र गतिका बलरद्वय शाहीन अफ्रिदी र नसीम शाहले पहिलो दश ओभरमा कुनै सफलता हात पार्न सकेनन्।

भारत र पाकिस्तानबीच समूह चरणमा पनि प्रतिस्पर्धा भएको थियो।
वर्षाले प्रभावित उक्त खेल रद्द भएको थियो। पहिले ब्याटिङ गरेको भारत २६६ रनमा समेटिएको थियो। तर पाकिस्तानले ब्याटिङ सुरु गर्न नपाउँदै खेल वर्षाले रोकिएको थियो।

दुवै टिमले नेपाललाई पराजित गर्दै सुपर फोरमा स्थान पक्का गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖