• Monday 5th of October 2026

सरकारलाई केपी ओलीको प्रश्न: त्यो मीनबहादुर गुरुङलाई किन समात्या ?


  • धनकुटा खबर
  • .

काठमाडौं,२४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले उद्योगी व्यवसायीलाई छानिछानी जेलमा कोच्ने रणनीति लिएको आरोप लगाएका छन् ।

आइतबार एमाले निकट सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई ललिता निवासको जग्गा प्रकरणमा अनाहकमा थुनामा राखिएको भन्दै उनको बचाउमा उत्रिएका छन् ।

उनले भने, ‘त्यो मीनबहादुर गुरुङलाई किन समात्या ? किन कारबाही गर्‍या ? पाँच छ जनाले किनेको जमिन, उसले त धनीपुर्जा हेर्‍यो, भएका मान्छेसँग किन्यो त ? अनि सरकारी जमिनलाई आफ्नो बनाउन लाग्ने, लगाउने भ्रष्टाचार गर्ने त तिनीहरु हुन् नि !, ती ठूला कुरा गर्ने तर, सरकार अड्डामा गएर जग्गा किनेका मान्छेलाई कारबाही गर्ने ? मीनबहादुर गुरुङ सबै तिनीहरु बाँडेर खाउँ भनेर छाडेर हिँड्यो ? होइन त्यो कतातिर भारी बोकेर हिँड्ने गुरुङ, यत्रो भाटभटेनी चलाएर पुँजीपति हुने भनेर देखी सकेनन् ।’

ललिता निवासको जग्गा प्रकरणमा असार १२ गतेदेखि प्रहरीको हिरासतमा रहेका थुरुण् आजै काठमाडौं जिल्ला अदालतको आदेशमा थुनामुक्त हुँदैछन् । गुरुङसँग अदालतले २ करोड ४६ लाख धरौटी माग गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖