• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आयरल्यान्ड ‘ए’ सँगको शृङ्खलाकाे तयारीका लागि ४० जना खेलाडीको नाम सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाण्डाै – आयरल्यान्ड ‘ए’ सँगको शृङ्खलाका लागि नेपाली ‘ए’ को प्रारम्भिक टोलीमा ४० जनालाई बोलाइएको छ ।

नेपाल क्रिकेट सङ्घले आयरल्यान्डसँगको शृङ्खलाको तयारीका लागि ४० जना खेलाडीको नाम सार्वजनिक गरेको हो । टोलीमा धेरैजसो युवा खेलाडीले मौका पाएका छन्, यस्तै राष्ट्रिय टोलीबाट खेलिसकेका केही खेलाडी पनि परेका छन् ।

शृङ्खलामा तीन वटा एकदिवसीय र तीन वटा टी–२० खेल हुनेछ । यो शृङ्खला यही चैत १५ गतेदेखि शुरु हुनेछ । त्यसअघि नेपालको राष्ट्रिय टोलीले आयरल्यान्डको ‘ए’ टोलीसँग चैत १२ र १३ गते दुई वटा टी–२० खेल्नेछ ।

नेपाल ‘ए’ को प्रारम्भिक टोली–

रित गौतम, पवन सर्राफ, अर्जुन साउद, नरेन भट्ट, दिलिप नाथ, विवेक यादव, बशिर अहमद, बिपिन खत्री, मौसम ढकाल, रञ्जीत कुमार, प्रतिस जिसी, विकाश आग्री, नारायण जोशी, सन्दीप जोरा, लोकेश बम, भीम सार्की, मयन यादव, अर्जुन कुमाल, रुपेश सिंह, सहाब आलम, शेर मल्ल, दिपेश कँडेल, रिजन ढकाल, आकाश चन्द, कमलसिंह ऐरी, विनोद भण्डारी, देव खनाल, आरिफ शेख, हरिशङ्कर साह, किरण ठगुन्ना, सुजन थपलिया, रशिद खान, दिनेश अधिकारी, सागर ढकाल, दीपेन्द्र राउत, सुवास भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी र नरबहादुर सार्की ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖