• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

विश्वको सबैभन्दा खराब राष्ट्रिय फुटबल टिम


  • धनकुटा खबर
  • .

युरोपिय देश सान मारिनोको राष्ट्रिय फुटबल टिमका कप्तान म्याटियो भिटायोली देशको इतिहासमा सबैभन्दा बढी खेल खेलाडी हुन्।

उनले राष्ट्रिय टिमबाट खेल्न थालेको १७ वर्ष भइसक्यो। ९१ अन्तर्राष्ट्रिय खेल खेलिसके, तर अहिलेसम्म एक जितको पनि स्वाद चाख्न पाएका छैनन्।

पछिल्लो दुई दशकमा १३६ खेल खेलिसकेको सान मारिनोले अहिलेसम्म जित निकाल्न सकेको छैन। सन् २००४ मा जित निकाले यता उसले १३६ खेलमा जित विहीन यात्रा गरेको उसको उपलब्धी पाँच खेल बराबरी खेल्नु हो।

सान मारिनो संसारको पाँचौं सबैभन्दा सानो देश हो। इटालीले घेरिएको सान मारिनोको जनसंख्या मात्र ३३ हजार छ भने क्षेत्रफल ६१ वर्गकिलोमिटर मात्र छ।

१९८७ देखि फुटबल खेल्न थालेको सान मानिरोले अहिलेसम्म २०१ खेल खेलेको छ। जसमा उसले १९२ खेलमा हार बेहोरेको छ। १ खेलमा जित नाकलेको सान मारिनोले ८ खेल बराबरी खेलेको छ।

सान मारियोले यसै साता क्यारेबियन देश सेन्ट किट्स एन्ड नेभिसको भ्रमण गर्दैछ। त्यहाँ दुई मध्ये कम्तिमा एक खेलमा जित निकालेर समान मारियो २० वर्षपछि जित निकाल्ने योजनामा छ।

त्यसो त सान मारिनो फिफा वरीयताको सबैभन्दा पुछारमा रहेको टिम हो। सान मारियो पछिल्लो फिफा वरीयतामा २१०औं स्थानमा छ। यस्तोमा उसले आफूभन्दा ६३ स्थान माथिको १४७औं स्थानको सेन्ट किट्सविरुद्ध जित निकाल्न सहज भने छैन। तर युरोपियन टिमहरुसँग प्रतिस्पर्धा गरिरहेको सान मारिनोले सेन्ट किट्सलाई कडा चुनौती दिने विश्वास गरिएको छ।

देशका लागि सबैभन्दा बढी ९१ खेल खेलेका कप्तानल भिटायोलीले देशका लागि पहिलो जित निकाल्ने योजनामा रहेको समेत बताएका छन्।

सान मारिनोको एकमात्र जित अप्रिल २००४ मा खेलिएको मैत्रीपूर्ण खेलमा लिकटेन्सटाइन विरुद्ध १-० गोलको जित हो।

अहिलेसम्मकै ठूलो हार उसले सन् २००६ मा जर्मनीसँग १३-० गोलको बहोरेको थियो। सन् २०२२ मा सेन्ट लुसियासँग १-१ गोलको बराबरी खेलेको सान मारिनोले सन् २००४ यता जितबाहेक ५ खेलमा बराबरी खेलेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖