• Monday 5th of October 2026

भारत र पाकिस्तानको बाँकी खेल भोलि


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानको बाँकी खेल भोलि हुने भएको छ ।

कोलम्बोमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाउँदा पानी परेको थियो । निरन्तर पानी परेपछि खेल हुन सकेन र बाँकी खेल भोलि रिजर्ब डेमा हुने भएको छ ।

भोलि स्थानीय समयअनुसार २ः३० मा खेल सुरु हुनेछ । खेल सुरु हुँदा केएल राहुल १७ र विराट कोहली ८ रनबाट खेल थाल्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖