• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाली क्रिकेट टोलीको घोषणा,को-को छन् टीममा ?


  • धनकुटा खबर
  • .

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज नेपाली टोली घोषणा गरेको छ ।

क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलिमा कप्तान पौडेलसहित आशिष शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द छन् ।

नेपालले आयरल्यान्डसँग किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही चैत १२ र १३ गते ट्वान्टी–ट्वान्टी खेल खेल्नेछ । त्यसपछि नेपाली टोली भारत जानेछ । भारतमा नेपालले पहिलो खेल यही चैत्र १८ गुजरातसँग खेल्नेछ भने दोस्रो खेल चैत २० गते बरोडासँग खेल्नेछ ।

त्यस्तै नेपालले आफ्नो तेस्रो खेल चैत २१ गते गुजरातसँग खेल्नेछ । उक्त सिरिजको अन्तिम खेल नेपालले चैत २३ गते बरोडासँग खेल्नेछ । लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल भने चैत २५ गते हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖