• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आईपीएल २०२४ भोलिदेखि, पहिलो खेलमा चेन्नई र बैङ्गलोर भिड्ने


  • धनकुटा खबर
  • .

क्रिकेटको महाकुम्भ भनेर चिनिने इन्डियन प्रिमियर लिग (आईपीएल) भोलिदेखि सुरु हुँदैछ। भोलि हुने पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोरबीच भिडन्त हुनेछ।

चेन्नई र बैङ्गलोरबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले पाँचपटक आईपीएलको उपाधि जितिसकेको छ भने विराट कोहलीको कप्तानीम रहेको बैङ्गालोरले हालसम्म एक पटक पनि उपाधि उचाल्न सकेको छैन।

आईपीएलले पहिलो चरणमा १८ दिनको खेल तालिका मात्रै सार्वजनिक गरेको छ। भारतमा हुने आगामी लोकसभा निर्वाचनलाई ध्यानमा राखेर आईपीएलले अप्रिल ७ सम्म हुने खेलको तालिका मात्रै सार्वजनिक गरेको छ।

भारतमा आगामी १९ अप्रिलबाट जुन २१ सम्म लोकसभाको निर्वाचन हुनेछ। त्यसपछि आईपीएलका बाँकी खेलहरू हुनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖