• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

गायकवाड बने चेन्नईका नयाँ कप्तान


  • धनकुटा खबर
  • .

आइपिएल २०२४ का लागि चेन्नई सुपर किंग्सले रुतुराज गायकवाडलाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ।

साविक विजेता चेन्नईले युवा ब्याट्सम्यान गायकवाडलाई कप्तान नियुक्त गरेको हो।

लामो सयम कप्तानी गरेका महेन्द्रसिंह धोनीको स्थानमा गायकवाडलाई कप्तान बनाइएको छ।

उद्‌घाटन खेलमा शुक्रबार राति चेन्नईले घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेंग्लोरसँग खेल्दा गायकवाडले कप्तानी गर्नेछन्।

धोनीले पहिलो सिजनको आइपिएल २००८ देखि चेन्नईको कप्तानी गरेका थिए। यद्यपी सन् २०२२ मा रविन्द्र जडेजालाई कप्तानी बनाए पनि जडेजाले सिजनको बीचैमा धोनीलाई नै कप्तानी सुम्पिएका थिए।
धोनीले गत सिजन छैटौं पटक चेन्नईलाई आइपिएलको च्याम्पियन बनाएका थिए।

धोनीले चेन्नईको कुल २४९ खेल मध्ये २३५ खेलमा कप्तानी गरेका थिए।
धोनीले २०१६ र २०१७ मा चेन्नईलाई प्रतिबन्ध लाग्दा राइजिङ पुने सुपरजायन्टको कप्तानी गरेका थिए।

धोनीको स्थानमा कप्तानी गर्न लागेका २५ वर्षीय गायकवाडले २०२१ को आइपिएल सिजनमा ६३५ रन बनाएका थिए। त्यसपछि उनी भारतीय टिममा परेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖