• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

धोनीले छाडे चेन्नईको कप्तानी, ऋतुराज बने नयाँ कप्तान


  • धनकुटा खबर
  • .

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा चेन्नई सुपर किंग्सको कप्तानी महेन्द्रसिंह धोनीले नगर्ने भएका छन् ।

आईपीएलका सर्वाधिक सफल कप्तान धोनी यसवर्ष खेलाडीको रुपमा मात्रै खेल्ने भएका छन् । चेन्नईले युवा ओपनर ऋतुराज गायकवाडलाई नयाँ कप्तानमा नियुक्त गरेको छ । धोनीको यो अन्तिम आईपीएल सिजनसमेत हो ।

धोनीले २००८ देखि नै चेन्नईको कप्तानी गरेका थिए । उनको कप्तानीमा चेन्नईले १४ संस्करण खेल्दा ५ पटक उपाधि, ५ पटक फाइनलमा पराजित र १२ पटक प्लेअफ खेलेको थियो ।

चेन्नई सन् २०२० र २०२२ मा मात्रै पहिलो चरणबाट बाहिरिएको थियो । धोनीको कप्तानीमा चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो ।

धोनीले २०२२ मा पनि कप्तानी छाड्दै रवीन्द्र जडेजालाई दिएका थिए । तर जडेजाको कप्तानीमा कमजोर प्रदर्शनपछि धोनी पुनः कप्तानमा फर्किएका थिए ।

युवा ब्याटर ऋतुराजले भने सन् २०२० मा पहिलो पटक चेन्नई प्लेअफमा पुग्न नसकेपछि खेल्ने मौका पाएका थिए ।

त्यसपछि भने ऋतुराजले चेन्नईको जर्सीमा शानदार प्रदर्शन गर्दै आएका छन् । ५२ आईपीएल खेलमा उनले १ शतक र १४ अर्धशतकसहित १७९७ रन बनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖