• Saturday 17th of October 2026

मौसम सुधार हुन अझै चार दिन लाग्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत ९ गते। मौसम सुधार हुन अझै तीन/चार दिन लाग्ने भएको छ। मौसमविज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र भारतको बिहार नजिक बनेको न्यूनचापीय प्रणालीको असर अझै केही दिन पर्ने देखिएकाले मौसम खुल्न केही दिन लाग्ने देखिएको छ।

महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार उक्त प्रणालीको कारण अहिले काठमाडौं उपत्यकासहित देशैभरको मौसम बदली भएको छ।

जसका कारण गण्डकी, कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। तीन वटा प्रदेशमा राति हल्का वर्षाको सम्भावना रहेको मौसमविद् भेटुवालको भनाइ छ।

उहाँले भन्नुभयो, “पश्चिमी वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको असरका कारण देशैभरको मौसम बदली भएको छ, यसको असर केही दिन रहने भएका कारण तीन÷चार दिन मौसम खुल्ने देखिन्न।”

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖