• Saturday 17th of October 2026

धरानमा मृत भेटिएकी सुमिनाको हत्या उनकै प्रेमीले गरेको खुलासा


  • धनकुटा खबर
  • .

काठमाडौँ । धरान उपमहानगरपालिका वडा नं. १८ मा शव भेटिएको सुमिना श्रेष्ठको हत्या उनकै प्रेमीबाट भएको खुलेको छ ।

इलाका पहरी कार्यालय धरानले आज हत्याका आरोपी सार्वजनिक गरेको हो । प्रेमी धरान उपमहानगरपालिका वडा नं. १६ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेल रहेको प्रहरीले बताएको छ ।
प्रेमीसँग भएको खटपटका कारण हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । जिल्ला प्रहरी कार्यालय धरानले शुक्रवार उनलाई सार्वजनिक गर्दै सोबारे जानकारी दिएको हो ।

प्रहरीका अनुसार अनुसन्धान कार्य अघि बढाउनुका साथै संलग्न व्यक्तिको बारेमा बुझ्दै जाँदा मृतक प्रेमिका सुमिना श्रेष्ठ र सविन भन्ने बाबुराम भुजेलकोबीच करिब २ वर्ष अघिदेखि सामाजिक सञ्जालमार्फत सम्बन्ध गाँसिएको देखिएको बताएको छ ।

२०८० पौष महिनादेखि सुमना श्रेष्ठले ग्लोलोराइस धरानमा काम गर्न थालेपछि सोही कम्पनीमा काम गर्ने प्रदीप श्रेष्ठसँग चिनजान भएको, निजहरू एकआपसमा नजिक हुन थालेको, फेसबुक आइडी समेत एउटै चलाउने गरेको, जसले गर्दा उनीहरु बीचको सम्बन्ध नजिक भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रेमसम्बन्धकै कारण तीन महिनापछि दुई जनाको प्रेम सम्बन्ध चिसिएको भएपनि सुमिना र प्रेमी भुजेलको काम विशेषले २०८० साल चैत ०२ गते प्रेमिका सुमिनालाई धनकुटाको मुलघाटमा लगेपछि उनीहरुबीचको सम्बन्ध अझ चिसिएको प्रहरीको भनाई छ ।

सम्बन्ध चिकिएकै कारण २०८० साल चैत ७ गते अन्दाजी २ः५० बजेको समयमा जिल्ला सुनसरी, धरान उ.म.न.पा वडा नं. १८ वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुल बीच रहेको एकान्तमा खोल्सामा खुकुरी प्रहारमार्फत घटना गराएर फरार रहेको देखिएको छ ।

प्रहरीको अनुसन्धानको क्रममा किशोरीको घाँटी रेटिएको अवस्थामा मृत फेला प्रहरीले पारेपछि सुनसरी प्रहरीको कमाण्डमा अनुसन्धान टोली, ईलाका प्रहरी कार्यालय धरान सोसो सहितको प्रहरी अधिकृतको टोली र नेपाल प्रदेश प्रहरी कार्यालयले अनुसन्धान थालेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖