• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आईपीएलमा आज दुई खेल हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई वटा खेल हुँदै छन् ।

नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबिच हुनेछ भने राति ७ः४५ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुनेछ ।

शुक्रबारदेखि भारतमा सुरु भएको खेलको उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए ।

उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको तियो । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई छ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖