• Saturday 17th of October 2026

सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिंदा दुईजना घाइते


  • धनकुटा खबर
  • .

कैलाली । कैलालीमा नेपाली सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ ।

शुक्रबार गोदावरी नगरपालिका २ को राष्ट्रिय वाणिज्य बैंक नजिकै गोदावरीतर्फ जादै गरेको बा६८ प५९८४ नम्बरको मोटरसाइकललाई तेघरी ब्यारेकको गाडीले ठक्कर दिएको हो ।

लेस नायक दमन बहादुर सिंहले चलाएको तेघरी ब्यारेकको बा९च ५७३६ नम्बरको टाटा पिकअप जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका-९ बस्ने २० वर्षीय नविन चौधरी र पछाडि सवार जानकी गाउँपालिका ४ बस्ने २४ वर्षीय कृष्ण डगौरा घाइते भएका छन् ।

उनीहरूको अत्तरियाको पद्मा अस्पतालमा उपचार जारी छ । सेनाको जिप र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेटीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖