धनगढी । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।
शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका-६ काे नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहकाे मृत्युु भएकाे बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले बताए ।
यस्तै मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्र बहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, पञ्चादेवी सिंह, उनको छोरा नितेश सिंह र छोरी लक्ष्मी सिंह भएको शाहले बताए ।
उनीहरूकाे जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबै अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
मृतककाे शव परीक्षणका लागि जिल्ला अस्पतालकाे शव गृहमा राखिएकाे छ ।
