• Monday 5th of October 2026

युरो छनोटमा नेदरल्यान्ड्सको जित, पोल्यान्डको हार


  • धनकुटा खबर
  • .

युरोपियन च्याम्पियनसिप २०२४ को छनोटमा नेदरल्यान्ड्सले समूह ‘बी’ मा आयरल्यान्डलाई हराएको छ।

नेदरल्यान्ड्स २-१ गोलले विजयी भएको हो। उसका लगागि गाप्कोले १९ मिनेटमा पेनाल्टीमा पहिलो गोल गर्दा वेगहोर्सले ५६ मिनेटमा टिमका लागि दोस्रो गोल गरे।

त्यसअघि आयरल्यानडले इडहाले चौथो मिनेटमा गरेको गोलबाट खेलमा अग्रत लिउको थियो।

जितसँगै नेदरल्यान्ड्स समूहमा ९ अंक जोडेर दोस्रो स्थानमा छ। शीर्ष स्थानको फ्रान्सको १५ अंक हुँदा ग्रिस ९ अंक जोडेर तेस्रो स्थानमा छ। ग्रिसले जिब्राल्टरलाई ५-० गोलले हरायो।

यता पोल्यान्ड भने पराजित भएको छ। पोल्यान्डलाई अल्बानियालाई २-० गोलले हरायो।

जितसँगै अल्बानिया १० अंक जोडेर समूह ‘ई’ को शीर्ष स्थानमा उक्लिएको छ। यो समूहमा चेक र माल्डोभाको ८-८ अंक छ भने पोल्यान्ड ६ अंकसहित चौथो स्थानमा झरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖