• Saturday 17th of October 2026

बिनुमाया गुरुङको कलेजोमा क्यान्सर,जीवन बचाइदिन सहयोगको याचना


  • धनकुटा खबर
  • .

कलेजोमा क्यान्सर भएकी तनहुँकी एक महिलाले उपचारको लागि सहयोगको याचना गर्नुभएको छ । जिल्लाको देवघाट गाँउपालिका घरभई हाल व्यास नगरपालिका–५ पीपलटार निवासी ४९ बर्षीय बिनुमाया गुरुङले उपचारका लागि सहयोग मागेकी छन् ।

घरको आर्थिक अवस्था नाजुक रहेका गुरुङ परिवार विगतदेखि अर्काको जग्गामा बस्दै आएका छन् । उनीहरुको साथमा एक छोरा र दुई छोरी रहेका छन् । छोरा रोजगारीको सिलसिलामा बिदेशमा रहेको गुरुङ परिवारले बताएका छन् ।

दैनिक ज्याला मजदुरी गरेर बिहान र बेलुकाको छाँक जेनतेन टार्दै आएको गुरुङ परिवारले बताएका छन् ।श्रीमतीको उपचारका लागि रकम जुटाउन नसक्दा कसरी उपचार गर्ने भन्ने चिन्ताले सताएको निजका पति दल बहादुरले बताए ।

सुरुमा पेट पोल्ने, पेट फुल्ने समस्या देखिएपछि बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचारको सिलसिलामा क्यान्सर पत्ता लागेको उनले जानकारी दिए ।

हालसम्म ऋण काढेर करिब रु.दुई लाख उपचारमा खर्च गरिसकियो,उनले भने,‘अब ऋण माग्ने ठाउँ पनि छैन्,जसरी हुन्छ श्रीमतिलाई बचाइदिनुस ।’

अहिलेसम्म ऋण गरेर भएपनि जेनतेन उपचार गरिएको थियो,अब कसरी उपचार गर्ने भन्ने पीडाले सताइरहेको छ, गुरुङले भने ।
क्यान्सर पीडित बिनुमायाले आफ्नो जीवन बचाइदिन सम्पूर्ण महानुभावहरुमा आग्रह गरेकी छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖