• Saturday 17th of October 2026

उसिनेको अण्डा खाँदा घाँटीमा अड्किएर भुजेलको मृत्यु


  • धनकुटा खबर
  • .

ओखलढुङ्गा, चैत १० । ओखलढुङ्गामा घाँटीमा अण्डा अड्केर एक जनाको ज्यान गएको छ । उसिनेको अण्डा खाँदा घाँटीमा अड्केर मोलुङ गाउँपालिका –२ रामपुरका ४५ वर्षीय काजी भुजेलको ज्यान गएको हो ।

शुक्रबार साँझ ६ बजेको समयमा बरुणेश्वर रामपुरको एक होटलमा अत्यधिक मदिरा सेवन गरी अण्डा उसिनेर खानेक्रममा घाँटीमा अड्किएर श्वास फेर्न नसकेपछि उहाँको मृत्युभएको प्रहरी निरीक्षक बालिस्टार सिंहले बताउनुभयो ।

भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक सिंहको भनाइ छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । -शेरबहादुर राई
/गोरखापत्र अनलाइन

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖