• Monday 5th of October 2026

अन्तत: स्पेनिस फुटबल महासंघका अध्यक्षको राजीनामा


  • धनकुटा खबर
  • .

महिला विश्वकप २०२३ को फाइनलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भन्दै आलोचना भएपछि स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले २० दिनपछि राजीनामा दिएका छन्।

३३ वर्षीया हर्मोसोले चुम्बन सहमतिमा नभएको भन्दै गत मंगलबार कानुनी उजुरी दिएकी थिइन्।

रुबियालेसले महासंघका कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई राजीनामा बुझाएको बताए ।

४६ वर्षीय उनले युइएफएको कार्यकारी समितिको उपाध्यक्ष पदबाट पनि राजीनामा दिएका छन्।

चुम्बनका कारण स्पेनी फुटबल विवादित बनेको थियो। इंग्ल्यान्डलाई हराएर विश्व विजेता बनेको स्पेनिन महिला टिमको सफलता छायामा पारेको थियो।

व्यापक आलोचना भएर राजीनमा माग भए पनि रुबियालेसले राजीनामा दिन बारम्बार बेवास्ता गर्दै आएका थिए।

स्पेनिस फरवार्डमाथि यौन दुर्व्यवहार र जबरजस्ती गरेको अध्यक्षमाथि आरोप लगाइएको छ।

रुबियालेसले चुम्बन “आपसी र “सहमति” भएको दाबी गरे पनि फुटबलको विश्व प्रशासनिक निकाय फिफाले अस्थायी रूपमा उनलाई निलम्बन गरेको थियो।

विश्वकप विजेतासहित ८१ खेलाडीले रुबियालेस आफ्नो स्थानमा रहँदा राष्ट्रिय टोलीबाट नखेल्ने बताएका थिए।

राजनीतिज्ञ, फुटबलर र सेलिब्रेटीहरू रुबियाल्सको विरुद्धमा बोलेका थिए। यस्तै प्रदर्शनकारीहरू गत साता उनको राजीनामा माग गर्न महासंघको मुख्यालयमा भेला भएका थिए।

स्पेनको कानुन अनुसार यौन दुर्व्यवहारको आरोपमा जरिवानादेखि चार वर्षसम्मको जेल सजाय हुन सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖