• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

आयरल्याण्डसँग खेल्ने नेपाल ‘ए’को टोली घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं । आयरल्याण्ड वल्भससँग खेल्ने नेपाल ए टीमको टोली घोषणा भएको छ ।

टी-यू क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने एक दिवसीय र टी-२० दुवै खेलका लागि क्यानले टोली घोषणा गरेको हो ।

विनोद भण्डारीको कप्तानीमा दुवै फर्म्याटको टोली घोषणा गरिएको हो ।

टी-२० को टोलीमा विनोद भण्डारी, लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकास अग्री रहेका छन् ।

यस्तै एक दिवसीय खेलका लागि विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री, मौसम ढकाल रहेका छन् ।

नेपाल ए ले यही मार्च २८, २९ र ३० मा आयरल्याण्डसँग टी-२० खेल्दैछ भने अप्रिल ३, ५ र ७ एक दिवसीय खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖