• Monday 5th of October 2026

ऋण नउठेपछि धितोमा राखेको घरजग्गा बिक्रि गर्दै नेपाल बैंक, कुन ठाउँको घरजग्गाको मूल्य कति राखिएको छ ?


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल बैंक लिमिडेटले बैंकमा धितो राखेर कर्जाको साँवा ब्याज नतिरेकाहरुको सम्पत्ति लिलाम गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको घरजग्गा जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य सिलबन्दी बोलपत्रद्धारा बिक्रि गर्नका लागि घरजग्गा खरिद गर्न इच्छुक व्यक्ति वा फर्म आफुले के कति मूल्यमा लिन लागेको हो सो मूल्यमा लिनका लागि बैंकको प्रधान कार्यालय कर्जा असुली विभागको फर्म भर्न आव्हान गरेको छ ।

फारम दस्तुर ५ हजार तोकिएको छ । बैंकले २१ दिने सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । सूचना प्रकाशित भएको २१ दिन अर्थात असोज १४ गतेभित्रमा यी जग्गाहरु खरिद गर्न चाहनेले आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले लिलाम गर्न लागेका जग्गाहरुमा काभ्रे, ललितपुर, सिराहा, सिन्धुपाल्चोक, पर्सा, झापा, सुनसरी लगायतका जिल्लामा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖