• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आईपीएल : आज चेन्नई र गुजरात खेल्दै


  • धनकुटा खबर
  • .

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे चेन्नईमा शुरु हुनेछ । यी दुई टोलीबीच अहिलेसम्म ५ खेल भएका छन् । गुजरातले ३ र चेन्नईले २ पटक जितेको छ । चेन्नई साविक र गुजरात सन् २०२२ को उपाधि विजेता टोली हो ।

अघिल्लो वर्ष चेन्नईले गुजरातलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो । यसपाली चेन्नईमा कप्तान रुतुराज गायकवाड र गुजरातको शुभमन गिल रहेका छन् । उद्घाटन खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराएको थियो भने गुजरातले आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो ।

आईपीएल क्रिकेटमा हिजो भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖