• Tuesday 20th of October 2026

ढोलाहिटी हत्या: पक्राउ परेकामध्ये ४ जनाविरुद्ध मुद्दा चलाउने तयारी


  • धनकुटा खबर
  • .

काठमाडाैं। ललितपुरको ढोलाहिटीमा चक्कु प्रहारबाट दुई जनाको मृत्यु भएको घटनामा संलग्न भएका चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै उक्त घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका मध्ये घटनामा संलग्न भएको भन्दै चार जनालाई सार्वजनिक गरेको हो।

प्रहरीले खोटाङ घर भई ललितपुरको जैनखेल बस्ने होटल डी पोपिनाका सञ्चालक बिजय राई, खोटाङ घर भइ खुमलटार बस्ने अर्का सञ्चालक सुलभ राई, भोजपुर घर भइ जैनखेल बस्ने विशाल हाङ मुकारुङ राई र गोकर्णेश्वर घर भइ ललितपुरको सानागाउ बस्ने छेङ्वीहाङ राईलाई उक्त घटनामा मुद्दा चलाइने जनाएको छ।

त्यस्तै घटनाको मूख्य प्रतिवादीलाइ भगाउने १ जना फरारको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए।

आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान भएको थियो। त्यसक्रममा घाइते भएका पाँचथरका पुजन राईको सुमेरु अस्पतालमा र रेवश राईको पाटन अस्पतालमा मृत्यु भएको खनालले जानकारी दिए।

घटनाको अनुसन्धानका लागि १८ जनालाई नियन्त्रणमा लिएको र किटानी जाहेरीका आधारमा पाँच जनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको खनालले बताए।
घटनाका मुख्य आरोपित विजय राई भएको प्रहरीले निष्कर्ष निकालेको छ।

उनीयसअघि लागुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेका व्यक्ति रहेको प्रहरीले जनाएको छ। त्यस्तै प्रहरीले घटनाको अनुसन्धानका लागि थप अरु ८ व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖