• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अर्धशतकबाट चुके गुलसन, ४६ रन बनाउँदै पेभेलियन फर्किए


  • धनकुटा खबर
  • .

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा सोमबार आफ्नो चौथो विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटका रूपमा गुलसन झालाई गुमाएको हो । उनी केवल चार रनका कारण अर्धशतक बनाउनबाट चुके । उनी ४६ रन बनाउँदै पेभेलियन फर्किए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले आक्रामक ब्याटिङ गर्दै केवल ३२ बलमा चार छक्का र एक चौका पनि हिर्काए ।

उनलाई आयरल्यान्डका बलर बेन ह्वाइटले कप्तान निल रकद्वारा क्याच गराए । १३.५ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय २७ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖