• Tuesday 20th of October 2026

श्री एयरलाइन्सले थप्यो ८० सिटे दुइटा जहाज


  • धनकुटा खबर
  • .

श्री एयरलाइन्सले दुईवटा जहाज थपेको छ।

एयरलाइन्सले क्यानडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका दुईवटा जहाज कल साइन ‘नाइनएन एओके’ तथा ‘नाइनएन एओएल’ थपेको हो।

यी जहाज यस अघि अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा थिए।

जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरूभन्दा दोब्बर शक्तिशाली पाँच हजार चार सय साफ्ट हर्षपावर भएको तथा क्यानडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित ‘पिडब्लुआइ ५०ए’ भरपर्दो रहेको एयरलाइन्सले जनाएको छ।

उक्त जहाजहरू मंगलाबार (आज) काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन्।

एयरलाइन्सले अब नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरू पूरा गरी छिट्टै उडान गर्ने तयारी थालेको छ। यी जहाजले हाल उडान भइरहेका गन्तव्यहरूमा उडान संख्या थप गर्ने एयरलाइन्सले बताएको छ।

एयरलाइन्सले सन् २०१७ बाट ५० सिट क्षमताको २ वटा सिआरजे २०० तथा ७० सिट क्षमताको २ वटा आरजे ७०० जेट विमानहरूबाट विभिन्न गन्तव्यमा नियमित उडान सुरू गरेको थियो। सुरूमा काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत गन्तव्यमा उडान गर्दै आइरहेको छ।

साथै पर्वतीय उडानहरू पनि नियमित उडान गरिरहेको छ।

श्रीले सन् २०१९ देखि २ वटा र सन् २०२२ मा थप २ गरी ४ वटा ८० सिट क्षमताको क्यानडामा निर्मित ‘क्यु४००ड्यास८’ विमानहरूबाट पोखरा, सुर्खेत, जनकपुर तथा सिमरामा नियमित उडान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖