• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कुशल मल्लले लिए आयरल्यान्ड ‘ए’ को पाँचौँ र छैटौँ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले लगातार आफ्नो पाँचौँ र छैटौँ विकेट गुमाएको छ ।

आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट कुशल मल्लले लिएका हुन् । उनले आयरल्यान्डका चौथो नम्बरका ब्याट्सम्यान मोर्गन टपिङलाई २१ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । १५.१ ओभरमा मोर्गन आउट हुँदा आयरल्यान्डले एक सय आठ रन बनाएको थियो । कुशल मल्लले लिएको यो दोस्रो विकेट थियो ।

आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट पनि कुशल मल्लले नै लिएका थिए । आयरल्यान्डका गाभिन होएलाई एक रनको व्यक्तिगत स्कोरमा कुशल मल्लले आफ्नो बलिङमा आफैले क्याच लिएर पेभेलियन फर्काएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖