• Monday 5th of October 2026

पाँच वर्ष यही गठबन्धन चल्छ : प्रचण्ड


  • धनकुटा खबर
  • .

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष यही गठबन्धन निरन्तर रहने बताएका छन् ।

समाजवादी मोर्चाको सन्देशसभामा विराटनगर आएका उनले सोमबार विहानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले गठबन्धन कायम रहनेमा ढुक्क हुन आग्रह गरे ।

पत्रकारको प्रश्नको संक्षिप्त जवाफ दिँदै बाहिरिने क्रममा उनले भने, ‘पाँच वर्ष यही गठबन्धन चल्छ ढुक्क हुनुहोस् ।’

मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन कार्यसूची छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖