• Tuesday 20th of October 2026

मेयर हमालकी छोरी-कोठाबाट चार्जर चोरिएपछि आक्रोशित हुँदै निस्किएको दावी


  • धनकुटा खबर
  • .

काठमाडौं । धनगढीका मेयर गोपाल हमालकी छोरी आरती भारतमा बेपत्ता भएपछि खोजीका लागि स्थानीय प्रहरीमा उजुरी गरिएको छ । गोवामा बसोबास गर्दै आएका आरतीका साथी आनन्द प्रेम कठपालियाले मान्ड्रेम प्रहरी चौकीमा हिजो उजुरी गरेका हुन् ।

कठपालियाले गोवाको आसभेम बीच रोडमा अवस्थित बाब्गाव्दामा ‘जेब्रा भाइब्स’ नामको रेस्टुरेन्ट र वेलनेस सेन्टर सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय आरती आफ्नै होमस्टेमा बस्दै आएको उनले उजुरीमा बताएका छन् ।

आरतीलाई आफूले १२ वर्षदेखि चिनेको बताउँदै कठपालियाले उनी प्रत्येकपटक गोवा आउँदा आफ्नो रेस्टुरेन्टमा पस्ने गरेको बताएका छन् । आरतीले यसअघि मोरजीमनजिक तिब्बत क्याफेनेर बस्दै आएको उनलाई बताएकी थिइन् । २० दिन अगाडि मात्रै आरती आफ्नो रेस्टुरेन्टमा आएर तपाईंको होमस्टेमा बस्न मिल्छ कि भनेर सोधेको उनको भनाइ छ ।

उनले उल्लेख गरेको थप घटना विवरण यस्तो छः
२५ मार्चमा मैले आफ्नो रेस्टुरेन्टमा होली पार्टी आयोजना गरेको थिएँ । मैले केही साथीहरुलाई पार्टीमा नित्याएको थिएँ र आरती पनि आएकी थिइन् ।

आरती बिहान १०ः०० बजेदेखि बेलुकी करिब ५ बजेसम्म रेस्टुरेन्टमा थिइन् । उनी ५ः३० बजेतिर रेस्टुरेन्टबाट बाहिरिइन् ।
त्इसपछि म एकैछिन आफ्नो कोठामा गएँ र रेस्टुरेन्टमा फर्किएँ ।

राति करिब ९ बजे तिर मेरो एकजना स्टाफले सूचना गर्यो कि आरतीले आरतीले उनको मोबाइल चार्जर हामीले लगेको भन्दै थिइन् र यसको कारणले तनावमा थिइन् ।

म उनको कोठामा चेक गर्न गएँ । म जाँदा उनको कोठा खुल्ला नै थियो । आरती कोठामा थिइनन् । हाम्रो रेस्टुरेन्टको एक महिला कामदारले राति साढे ९ बजे रेस्टुरेन्टजिक आरतीलाई बाहिर निस्किँदै गरेको देखेको बताइन् । उनी आक्रोशित मुद्रामा रहेको मलाई कामदारले सूचित गरिन् । यसरी राति साढे ९ बजेपछि उनी हाम्रो सम्पर्कमा छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖