• Tuesday 20th of October 2026

गृहमन्त्रीलाई रघुजी पन्तको प्रश्नः दुर्गा प्रसाईँलाई अत्याधुनिक हतियार किन दिएको ?


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ चैत । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले दुर्गा प्रसाईँलाई अत्याधुनिक हतियार राख्ने अनुमती दिइएको विषयमा आपत्ति जनाएका छन् ।

आज (बुधबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले दुर्गा प्रसाईँलाई अत्याधुनिक हतियार किन दिइयो ? भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरे ।

उनले यस्ता प्रकारका अत्याधुनिक हतियार व्यक्तिको सुरक्षामा दिनु उपयुक्त नहुने बताए । साथै, त्यस्ता प्रकारका अत्याधुनिक हतियारको अनुमती हालसम्म कति जनालाई दिइएको छ ? भन्दै उनले प्रश्न गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖