• Tuesday 20th of October 2026

टोपबहादुर रायमाझीलाई मिनि हर्टअट्याक,अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।

उनलाई मुटुको समस्या भएपछि मनमोहन अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ ।

उनलाई आज बिहान ८ः३० मा अस्पताल लगिएको र मिनि हर्टअट्याक भएको बताइएको छ भने पल्स घट्ने तथा रक्तचाप घट्ने बढ्ने भइरहेको छ ।

चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेशनमा राख्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖