• Tuesday 20th of October 2026

दुर्गा प्रसाईले बाटो छेकेर केपी शर्मा ओलीको हत्या गर्ने प्रयास गरेको खुलासा


  • धनकुटा खबर
  • .

काठमाडौं– अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विवादित मेडिकल ब्यवसायी दुर्गा प्रसाईले आफनो हत्या गर्ने प्रयास गरेको खुलासा गरेपछि अहिले सामाजिक सञ्जाल तातिएको छ। एमालेका कार्यकर्ताले ओलीको उक्त भीडीओ सामाजिक सञ्जालमा शेयर गरिरहेका छन्।

भीडीओमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दुर्गा प्रसाईंले आफ्नो हत्या प्रयास गरेको बताएका छन्। एउटा अन्तरवार्ताका क्रममा ओलीले कुनै बेला आफ्नै पार्टीका केन्द्रीय सदस्य रहेका र हजुरबुबा भन्ने प्रसाई माथि यस्तो आरोप लगाएका छन्।

प्रसाईंको समूहले ०६४ सालमा आफूलाई ढुंगाले हानेर मार्न खोजेको ओलीको छ। ‘०६४ सालमा मेरो बाटो छेकेर हत्या गर्ने प्रयास गरेका थिए तिनीहरूले। तिनै मान्छे अगाडि थिए। तिनै हुन् ढुंगा हान्ने मान्छे’ ओलीले भनेका छन्–‘त्यसमा उनीहरू सफल हुन सकेनन्। पछि पनि उनीहरूका त्यस्ता प्रयासहरू रहे, अगाडि पनि त्यस्ता प्रयासहरू भए।’

बाटो छेकेर दिनदहाडै ठूल्ठूलो ढुंगाले ड्याड्याम्ती हानेको उनले वताएका छन्। ‘त्यस्तो हर्कत त गरेकै हो नि दुर्गा प्रसाईंहरूले। यिनीहरूले मार्नै खोज्या हुन् नि!’– उनले भनेका छन्।

कुनै समय प्रसाईले ओलीलाई हजुबुबा भन्थे। नेपालमा कम्युनिष्ट भनेको एमाले मात्रै, नेता भनेको ओली मात्रै र देशका लागि एमाले र ओली मात्रै भन्ने प्रसाई पनि पछिल्लो समय ओलीप्रति क्रुद्ध छन्। उनी ओली जेल वसेको कुरालाई पनि हत्यासँग जोडेर प्रचार गरिरहेका छन्।

ओली र एमाले नेता महेश बस्नेतसँग अहिले उनको पानी बाराबार छ। झापाको विर्तामोडमा स्थापित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रयासमा लागेका प्रसाईले ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाए।

तर, पछि एमालेको केन्द्रीय सदस्य रहेकै बेला झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर एउटा कार्यक्रम गरेपछि उनी उक्त दलबाट निष्काशित भए। त्यसपछि उनले ‘ओलीको विदेशको एउटा कम्पनीमा लगानी छ’ भन्न समेत भ्याए। यही मेसोमा राजधानीमै भएको प्रसाईँको एउटा कार्यक्रममा राष्ट्रिय युवा सङ्घका कार्यकर्ताले कालोमोसो दले। आफूलाई कालोमोसो दलिएपछि ओलीप्रति उग्र बनेका प्रसाईँले ओलीमा राजनीतिक चरित्र नै नभएको टिप्पणी गर्न थालेका छन्।-सिधाकुरा अनलाइनबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖