• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द


  • धनकुटा खबर
  • .

१५ चैत, काठमाडौं । वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ ।

बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो । दुवै टोलीका खेलाडी मैदान नै आएका थिएनन् । नेपाल क्रिकेट संघ (क्यान) ले पुन: तालिका सार्ने जनाएको छ ।

टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ । यस खेलसहित क्यानले पुन: नयाँ तालिका सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖