• Tuesday 20th of October 2026

गृहमन्त्री लक्षित गगनको कटाक्ष: भगवानले ठगे पनि हुने, लुटे पनि हुने !


  • धनकुटा खबर
  • .

काठमाडौं,१५ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ पार्टी भन्नेहरु प्रश्नभन्दा पनि माथि रहेको टिप्पणी गरेका छन् ।

पूर्व मन्त्री तथा पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि रोकिएको संवाद यात्राको नवलपरासीबाट सुरुवात गर्दै महामन्त्री थापाले नयाँ भनिएका दलहरुले पार्टी प्रमुखलाई भगवानको दर्जा दिएको पनि टिप्पणी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति चर्को आलोचना गर्दै थापाले भगवानको पार्टीले जनतालाई लुटेपनि हुने र ठगेपनि हुने भन्दै कटाक्ष गरे । ‘अहिले आएको नयाँ पार्टीमा पनि त्यस्तो छ । अध्यक्ष भनेको भगवान्, भगवानलाई प्रश्न गर्न नपाइने । भगवानले ठगे पनि हुने, लुटे पनि हुने ।’

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशव कुमार बुढाथोकीको निधन भएपछि महामन्त्री थापाले स्थगित गरेका थिए । दोस्रो चरणको संवाद यात्रामा बिहीबार नवलपरासीका विभिन्न स्थानमा छलफल तथा जनगुनासो सुन्ने कार्यक्रम रहेको महामन्त्री थापाले जनाएका छन् ।

कांग्रेसले सहकारी प्रकरणमा रविको नाम मुछिएको भन्दै दछानबिन गर्न माग गर्दै आएको छ । सहकारी ठगीमा जोडिएका लामिछानेलाई नै गृहमन्त्री बनाएको भन्दै कांग्रेसले सडकदेखि सदनसम्म आवाज उठाउँदै आएको छ । कांग्रेसले लामिछानेको राजीनामालाई बटमलाईन बनाउँदै आएपनि सरकारले भने उनी निर्दोष रहेको दलिल पेश गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖