एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणी गरेर नेपालले आफ्नो हात माथि पारेको बताएका छन् ।
विराटनगरमा आज समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले नेपाली संसद्मा भएको व्याख्यात्मक टिप्पणीका कारण एमसीसी कार्यान्वयनयोग्य भएको दाबी गरेका हुन् ।
